फिजीका प्रधानमन्त्री फ्रान्क बैनिमारामाका छोरालाई अस्ट्रेलियामा घरेलु हिंसाको आरोप लागेको छ । ३६ वर्षीय रातु मेली बैनीमारमामाथि कुटपिट, घाँटी थिच्नेलगायत १७ वटा मुद्दा चलिरहेको छ ।
उनीमाथि सम्पत्तिमा क्षति पुर्याएको र सहमतिबिना तस्बिर बाँडेको आरोप पनि लागेको छ । ती अपराधहरू सिड्नीमा फेब्रुअरी र मे महिनाको बीचमा भएको थियो । यस महिनाको सुरुमा पुलिसमा उजुरी परेपछि उनी गत हप्ता उनी पक्राउ परेका थिए ।
बैनीमारमालाई जमानत दिइएको छ र उनीमाथि लागेको मुद्दामा अक्टोबरमा सुनुवाइ हुनेछ । उनी फ्रान्क बैनीमारामाका एक मात्र छोरा हुन्, जो एक वर्ष अघि सैन्य विद्रोहको नेतृत्व गरेपछि सन् २००८ देखि सत्तामा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।