बझाङ कांग्रेसले भन्यो - माओवादीसँग गठबन्धन गर्छौँ, समाजवादीसँग हुन सक्दैन

नेपाली कांग्रेस बझाङ जिल्ला कार्यसमितिले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग मात्रै गठबन्धन गर्ने घोषणा गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टी जिल्लामा तेस्रो स्थानमा भएकाले गठबन्धन नगर्नेसमेत कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ । 

नेपाली कांग्रेस बझाङ जिल्ला सभापति खडकबहादुर बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला भरिका कांग्रेसजनबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै बझाङ कांग्रेसले माओवादीसँग गठबन्धनका साथ अगाडि बढ्ने र समाजवादीसँग स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनमा जाने ब्यहोरा अवगत गरिन्छ ।’

स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट निर्वाचित केही जनप्रतिनिधिको कार्यशैली गठबन्धन विरोधी भएको र एकल निर्णयका साथ अगाडी बढेको गुनासो आएको पनि विज्ञप्तिमा उल्लेख छ । ‘बझाङमा जनमतको हिसाबले नेपाली कांग्रेस अत्यधिक पहिलो स्थानमा, माओवादी दोस्रो स्थानमा र समाजवादी तेस्रो न्यून स्थानमा रहेको यथार्थ छ । तसर्थ बझाङ कांग्रेसले माओवादीसँग गठबन्धनका साथ अगाडि बढ्ने र समाजवादीसँग स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनमा जाने ब्यहोरा अवगत गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ । 





  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार १२:६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया