माओवादी केन्द्र बुझायो उम्मेदवारको बन्दसूची

नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाएको छ ।

आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ ।

सोहीअनुसार माओवादी केन्द्रले सोमबार आफ्ना समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएको हो । महासचिव देव गुरुङसहितका माओवादी नेताहरु सोमबार अपराह्न कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उम्मेदवारको बन्दसूची बुझाएका हुन् ।





  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार १८:४५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया