पुनम, दीपा र इन्दिराले लिए अन्तर्राष्ट्रिय  फुटबलबाट संन्यास

नेपाली राष्ट्रिय महिला फुटबल टिमका तीन खेलाडीले अन्तराष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन् । डिफेन्डर पुनम जर्घा मगर, मिडफिल्डरहरू दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् ।

उनीहरूले सोमबार सम्पन्न छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनलपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका हुन् ।

राखेप सदस्य सचिव टंकलाल घिसिङले तीनै जना खेलाडीलाई ब्लेजर लगाएर बिदाइ गरेका थिए । तीनै खेलाडीले विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्ने गर्छन् ।

पुनम जर्घा मगर

२०१४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपबाट राष्ट्रिय टोलीका लागि डेब्यु गरेकी पुनमले राष्ट्रिय टिमका लागि ३९ खेल खेल्दा एक गोल गरिन् ।

२९ वर्षीया पुनम स्वास्थ्य समस्याका कारण टोली बाहिर थिइन् । यसै  साफमा प्रशिक्षक कुमार थापाले उनलाई पुनरागमन गराएका थिए  । उनले यो प्रतियोगिताका चारै खेल खेलिन् ।



दीपा राई

२०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपबाट घरेलु टोलीविरुद्ध खेल्दै राष्ट्रिय टोलीका लागि डेब्यु गरेकी दीपाले त्यसपछि लगातार राष्ट्रिय टिममा स्थान बनाइ राखेकी थिइन् । 



३३ वर्षीय दीपाले राष्ट्रिय टोलीबाट ३६ खेल खेल्दा एक गोल गरेकी छन् । उनी जारी साफमा श्रीलंकाविरुद्ध ८५ औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेकी थिइन् ।

इन्दिरा राई 

इन्दिराले २०१८ मा चीनमा भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीका लागि डेब्यु गरेकी हुन् । ३१ वर्षीया इन्दिराले राष्ट्रिय टिमबाट जम्मा पाँच खेल मात्र खेलेकी छिन् ।

उनी छैटौं साफमा बेन्चमै सीमित भएकी थिइन् । 

  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार ६:४४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया