आजको मौसम : बागमतीसहित चार प्रदेशमा वर्षाको सम्भावना

आज देशभर बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा वर्षाको पनि हुने सम्भावना छ । 

बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने देखिएको छ । लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।

राति लुम्बिनी लगायत देशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।  

बुधबार लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 





  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार ७:४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया