भारतमा कोभिड–१९ को संक्रमितको संख्या ४ करोड ४५ लाख ३९ हजार पुगेको छ । एकैदिन ४ हजार ८५८ नयाँ संक्रमित भेटिएसँगै संक्रमितको संख्या साढे ४ करोड नजिक पुगेको हो ।
जसमध्ये अहिले ४८ हजार सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १८ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३३५ पुगेको छ ।
त्यस्तै, भारतमा राष्ट्रिय कोभिड–१९ निको दर ९८ दशमलव ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा दैनिक संक्रमण दर २ दशमलव ७६ प्रतिशत छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।