विश्वकप लिग–२ मा पिएनजीविरुद्ध नामिबियाको फराकिलो जित

आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाले फराकिलो जित निकालेको छ । उसले आज सम्पन्न खेलमा घरेलु टोली पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध १६७ रनको फाकिलो जित निकालेको हो । 

२ सय ८५ रनको लक्ष्य पछ्याएको पिएनजीले ४२.४ ओभरमा सबै विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो । उसका लागि नोर्मन भानुआले सर्वाधिक ३८ रनको योगदान दिँदा कप्तान चाल्र्स अमिनीले २८, हिरी हीरीले १३, चाड सोपेरले १२ तथा दामिन राभुले १० रन जोडे ।

नामिबियाका लागि बर्नार्ड स्कोल्ट्जले तीन, जान फ्राइलिंक र जन निकोलले दुई/दुई तथा रुवेन ट्रम्पलम्यान र कप्तान गर्हार्ड इरास्मसले एक/एक विकेट लिए । त्यसअघि अमिनी पार्कमा टस जितेर ब्याटिङ राजेको नामिवियाले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै २ सय ८४ रन बनायो । उसका लागि माइकल भान लिङ्गेनले शतकीय तथा गेर्हार्ड इरास्मसले अर्धशतकीय पारी खेले ।

१ सय १९ रनमा अविजित रहेका लिङ्गेनले १०७ बलमा १३ चौका र तीन छक्का प्रहार गरे । इरास्मसले ५५ बलमा पाँच चौका र दुई छक्कासहित ६८ रन बनाए । लो ह्यान्डरी लोरेन्सले २८,स्टेफन बार्डले २१ र डिभान ला ककले २० रन जोडे । पिएनजीका लागि नोर्मन भानुआले तीन तथा सिमो कामियाले एक विकेट लिए । 

जितसँगै २१ खेलमा २४ अंकका साथ नामिबिया पाँचौ स्थानमा रहँदा पराजित पिएनजी २३ खेलबाट पाँच अंक जोडेर अन्तिममा छ । त्यस्तै, विश्वकप लिग–२ मा अहिलेसम्म २० खेल खेल्दा आठ जित र ११ हार र एक बराबरीको नतिजा निकालेको नेपाल १७ अंकका साथ छैटौं स्थानमा छ ।





  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार १३:१६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया