‘प्रेमगीत ३’ले चलचित्र क्षेत्र दुई चिरा : एउटा भुवन केसी, अर्को सन्तोष सेनको पक्षमा
फरकधार / ४ असोज, २०७९

‘प्रेमगीत ३’ का कारण नेपाली चलचित्र क्षेत्र दुई चिरामा विभाजन भएको छ । एक से एक नाम चलेका कलाकार अहिले एक अर्को ध्रुवमा खडा भएका छन् ।



‘प्रेमगीत ३’ अहिले नेपाली र हिन्दी भाषामा विश्वभर एकसाथ हजारभन्दा सिनेमा हलमा प्रदर्शन हुँदैछ । नेपालमा समेत हिन्दी भाषामा डब भएको ‘प्रेमगीत ३’ रिलिज हुने भएपछि यसलाई लिएर नाम चलेका निर्माता कलाकार सार्वजनिक बहसमा उत्रिएका छन् ।

चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ हिन्दी भाषामा रिलिज भए विदेशी फिल्मसरह कर बुझाउनुपर्ने भन्दै सूचना जारी गरेपछि अहिले निर्माण पक्ष आक्रोशित भएको छ । चलचित्रका निर्माता एवं निर्देशक सन्तोष सेन, अभिनेता प्रदीप खड्काले सार्वजनिक रूपमै विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् । 



नेपाली चलचित्रको विकास र प्रवद्र्धन गर्न स्थापना भएको विकास बोर्ड नेपाली चलचित्रको बजार खुम्च्याउन लागिपरेको आरोप उनीहरूले लगाएका छन् ।



निर्माता अशोक शर्माले त ‘प्रेमगीत ३’ हिन्दीमा रिलिज हुँदा नेपाली चलचित्रको बजार घट्ने भन्दै विदेशीसरह कर तिर्न भन्दै लामो स्टाटस लेखेका छन् । उनलाई सपोर्ट गर्दै सरोज खनाल, दीपकराज गिरीले समेत विदेशी फिल्मसरह कर तिर्नुपर्ने, ‘प्रेमगीत ३’ लाई कर छुट दिन नहुने भन्दै लबिङ गरेपछि निर्माता सन्तोष सेन आक्रोशित भएका छन् ।

तर, चलचित्र निर्माता संघका पूर्वअध्यक्ष आकाश अधिकारी, अभिनेत्री करिश्मा मानन्धरलगायत धेरैजना ‘प्रेमगीत ३’ को पक्षमा उभिएका छन् । ‘प्रेमगीत ३’ को विश्वव्यापी प्रचार र रिलिजले भोलि नेपाली चलचित्रको बजार प्रवद्र्धन गरेको भन्दै विकास बोर्डले निश्चित कर छुट दिएर चलचित्र चलाउन दिनुपर्ने उनीहरूको माग छ ।

  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार १७:३२:३८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया