डा. केसी काठमाडौं आउन मानेनन्, सेनाको स्काई ट्रक रित्तै फर्कियो

धनगढीमा अनशनरत डाक्टर गोविन्द केसीले काठमाडौं जान नमानेपछि नेपाली सेनाको स्काई ट्रक फर्किएको छ । 

केसीले आफ्नो स्वास्थ्य अवस्था समान्य रहेको दाबी गर्दै काठमाडौं जान अस्वीकार गरेपछि धनगढी पुगेको सेनाको स्काई ट्रक फर्किएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले केसीलाई काठमाडौं लैजान मंगलबार दिउँसो नेपाली सेनाको स्काई ट्रक धनगढी पठाएको थियो ।

धनगढीमा विगत ९ दिनदेखि अनशनरत डाक्टर केसीको स्वास्थ्य समस्या जटिल बन्दै गएको छ । डाक्टर केसीले आफूलाई अपहरण शैलीमा नलग्न आग्रह गरे ।

 ‘मेरो जाने मन छैन तर, अपहरण शैलीमा लगे त्यस्तै हो’ डाक्टर केसीलाई उद्दृत गर्दै अस्पतालका एक अधिकारीले भने ।  

विभिन्न ७ बुँदे माग राख्दै सत्याग्रह बस्नका लागि डाक्टर केसी धनगढी पुगेका थिए । सुरुमा धनगढीको कृष्ण मन्दिरमा अनशन बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ । 



तर, उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि काठमाडौं लग्ने तयारी रहेको थियो । स्वास्थ्य मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले डा. केसीलाई काठमाडौं लैजाने तयारी भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको थियो । 

सेती अस्पतालले सोमबार नै डाक्टर केसीलाई विशेषज्ञ सेवा भएको विशिष्टीकृत अस्पताल लैजान आग्रह गरेको थियो ।



  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार १७:५२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया