पाँचदलीय गठबन्धन टुट्ने खतरा : मसालका महामन्त्री सिंह
‘एमाले राजा ल्याउने बाटोमा छ’

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सत्तासाझेदार पाँचदलीय गठबन्धन कुनै पनि बेला टुट्नसक्ने बताएका छन् । 

‘एकातिर सत्तागठबन्धनमा रहेका दलहरूले हैसियतभन्दा बढी माग गरेका कारण असमझदारी भई गठबन्धन भत्कन सक्छ,’ नेता सिंहले भने, ‘अर्कोतिर नेपाली कांग्रेसको एउटा पक्ष गठबन्धनको विपक्षमा छ ।’

गत स्थानीय निर्वाचनमा आफूहरूले इमानदारिता प्रस्तुत गरेको उनले बताए। ‘बरु जनमोर्चा हार्न तयार भयो, तर एमालेसँग तालमेल गरेन, तर कांग्रेस माओवादीले ठाउँ–ठाउँमा एमालेसँग तालमेल गरे,’ उनले भने ।

यद्यपि, आफूहरूको जोड गठबन्धन बचाउन केन्द्रित भएको नेता सिंहको भनाइ छ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले राजा ल्याउने बाटोमा अगाडि बढेको भन्दै आगामी निर्वाचनबाट एमालेसहितका प्रतिगमनकारीलाई हराउनुपर्ने बताएका छन् ।

‘हिन्दु राज्यको बाटोमा एमाले हिँडेको र हिन्दू राष्ट्रको लागी हिन्दू राजा चाहिन्छ भनेर राजा फर्काउने बाटोमा एमाले छ,’ सिंहले भने, ‘त्यसैले परिवर्तन जोगाउन हामीले एमालेलाई हराउनुपर्छ ।’





  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार १८:४५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया