सत्तारुढ गठबन्धन बैठक : ८० प्रतिशत सिट बाँडफाँट टुंगियो

सत्तारुढ गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको विषय निष्कर्ष नजिक पुगेको बताएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले दुवै निर्वाचनको सिट बाँडफाँडको विषय निष्कर्ष नजिक पुगेको जानकारी गराएको हो । 

निष्कर्षको नजिक पुगेको भन्दै कांग्रेस नेता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलि (बुधबार) बिहान ८ बजे पनि सोही विषयमा छलफल गर्न बैठक बोलाइएको बताए । प्रतिनिधिसभाका १६५ सिट मध्ये करिब ८० प्रतिशत टुंगो लागेको उनले दाबी गरे । 

चाँडै सहमति गरेर आफूहरुले सञ्चारमाध्यममार्फत देशलाई जानकारी गराउने पनि उनले बताए । मन्त्री कार्कीले भने, ‘१६५ सिटमा ८० प्रतिशत हामी सहमतिको नजिक पुगेका छौँ । र, त्यो चाँडै नै सहमति गरेर यहाँहरुमार्फत हामी सार्वजनिक गर्छौं ।’

यसैबीच, मन्त्री कार्कीले नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास समेत व्यक्त गरे । सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘अब राष्ट्रपतिजीले संविधानतः प्रमाणीकरण गर्नुहुन्छ भन्ने कुरामा हामीलाई विश्वास छ । आज अन्तिम दिन हो, टाइम छ, हेरौँ ।’ 





  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार २०:५५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया