जापानी प्रधानमन्त्री फुमियो किशिदाको कार्यालय नजिकै आफूलाई आगो लगाएपछि एक व्यक्तिलाई बेहोस अवस्थामा अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार टोकियोमा भएको घटनाको बारेमा प्रहरीले टिप्पणी गर्न अस्वीकार गरेको छ ।
टिभी असाहीका अनुसार ती व्यक्तिले केही महिनाअघि हत्या भएका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि गर्ने योजनाको विरोध गरेका थिए । आगो निभाउने प्रयास गर्ने क्रममा एक प्रहरी अधिकारी घाइते भएको सो टेलिभिजन स्टेसनले जनाएको छ ।
ती व्यक्तिले आत्मदाह गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जापानको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री आबेलाई जुलाई ८ मा चुनावी प्रचारका क्रममा गोली हानेर हत्या गरिएको थियो । उनको राजकीय अन्त्येष्टि २७ सेप्टेम्बरमा गरिने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।