रुसलाई युरो कप छनोटमा पनि प्रतिबन्ध

युरोपियन फुटबलको सर्वोच्च निकाय यूइएफएले युरोकप २०२४ को छनोटमा रुसलाई प्रतिबन्ध गरेको छ । युक्रेनमाथि आक्रमण गरेपछि यूइएफएले रुसलाई युरोकप छनोटमा प्रतिबन्ध लगाएको हो ।

गत फेब्रुअरीबाट रुसले युक्रेनमाथि आक्रमण गरिरहेको छ । जसका कारण यूइएफए र फिफाले रुस र रुसी क्लबलाई प्रतिबन्ध लगाउँदै आएका छन् ।  

जर्मनीले आयोजना गर्ने युरो कप २०२४ को ‘ड्र’ ९ अक्टोबरमा हुनेछ । रुसले प्रतिबन्धविरुद्ध खेलकुदको न्यायिक निकाय आर्बिट्रेसन फर स्पोर्ट्स (कास) मा अपील गरेको पनि त्यो जुलाईमा खारेज भएको थियो ।

‘रुसलाई युरोपियन फुटबल च्याम्पियनसिप २०२२/२४ को छनोट ‘ड्र’ मा समावेश गरिएको छैन,’ यूईएफएले विज्ञप्तिमा भनेको छ । रुसमाथि कतारमा आयोजना हुने फिफा विश्वकपमा समेत प्रतिबन्ध लगाइएको छ । 





  • प्रकाशित मिति : असोज ५, २०७९ बुधबार ७:४७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया