लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
फाइल तस्बिर

आज मुलुकका लुम्बिनी र सुदूरपश्चिमका केही भेगमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुनेछ । 

राति प्रदेश–१, मधेश, बागमती र लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । 

बिहीबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । ओडिसा र पश्चिम बंगाल आसपास रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।  





  • प्रकाशित मिति : असोज ५, २०७९ बुधबार ८:६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया