संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा कर्णाली प्रदेशबाट ३९ जना नागरिक विभूषित हुने भएका छन् । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकारको सिफारिसमा हुल नौ सय ९८ जना विभूषित हुने भएका छन् सो मध्य कर्णाली प्रदेशबाट कुल ३९ जना विभूषित हुने भएका हुन् ।
कर्णालीबाट विभूषण हुने तर्फ मानपदवीबाट २६ जना, अलङ्रबाट सात जना र ६ जना पदकले विभूषित हुने राष्ट्रपति कार्यालयले जनाएको छ । गत भदौ ३१ गते नेपाल सरकारले विभूषित हुनेहरूको सूची राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
कर्णालीबाट मान पदवी तर्फको प्रसिद्ध प्रबल जनसेवाश्री, सुप्रबल जनसेवाश्री, प्रबल जनसेवाश्री र जनसेवाश्री बाट विभूषण हुनेहरूमा सहिद, राष्ट्रसेवक कर्मचारी, समाजसेवी, कलाकारलगायतका क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्व रहेका छन् । चौरजहारी नगरपालिका–५, रुकुम पश्चिम ठेगाना रहेका सहिद स्व. हरिभक्त वली सहिदलाई प्रसिद्ध प्रबल जनसेवाश्रीले विभूषित गरिने भएको छ ।
यसै गरी सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव कृष्णप्रसाद काप्री, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रदेश सचिव (कानुन) शंकरबहादुर केसी र कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र (हाल नेपालगन्ज)का प्रहरी वरिष्ठ उपरीक्षक भक्रबहादुर सिंह सुप्रबल जनसेवाश्रीले विभूषित हुने भएका छन् ।
संघीय आयोजना कार्यान्वयन इकाई, सुर्खेतका रा.प. द्वितीय श्रेणी (प्रा.) अमरबहादुर थापा, शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक (अधिकृत स्तर दशौं) दीपा हमाल, जन नमुना माध्यमिक विद्यालय, सुर्खेतका प्रधानाध्यापक याम बहादुर श्रेष्ठ, भू तथा जलाधार व्यवस्थापन कार्यालय, सुर्खेतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत (अधिकृत स्तर नवौँ) शेर बहादुर श्रेष्ठ, प्रदेश आयुर्वेदिक औषधालय, सुर्खेतका प्रमुख डा. शंकरप्रसाद रिजाल, जिल्ला प्रशासन कार्यालय, सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछाने र आठबीस नगरपालिको कार्यालय दैलेखका अधिकृत दिल बहादुर शाही प्रबल जनसेवाश्रीले विभूषित हुँदैछन् ।
जनसेवाश्रीबाट भेरी नगरपालिका–३, जाजरकोट निवासी समाजसेवी हरिबहादुर बस्नेत, खाँडाचक्र नगरपालिका–१, कालिकोटका कटक बहादुर शाही, ठूलीभेरी नगरपालिका–८, डोल्पाका नवराज शाही, शारदा नगरपालिका–१, सल्यानका केशवबहादुर बुढाथोकी विभूषित हुने भएका छन् । जनसेवाश्रीबाट विभूषित हुनेहरूमा नाम्खा गाउँपालिका–४, हुम्लाका स्वास्थ्यकर्मी छेपाल दोर्जे लामा तामाङ, सुर्खेतका गायक कुलमान नेपाली, चन्दननाथ नगरपालिका–१०, जुम्लाका व्यवसायी पुरीचन्द्र देवकोटा (उपाध्याय), बारेकोट गाउँपालिका, जाजरकोटका अधिकृत गोविन्दबहादुर सिंह, खाँचक्र नगरपालिका, कालिकोटका अधिकृत प्रशलजंग शाही, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, सल्यानका अधिकृत नृपजंग शाही, जनस्वास्थ्य सेवा कार्यालय, जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सोमै, इलाका प्रशासन कार्यालय, नराकोट जुम्लाका नायब सुब्बा मधुशंकर उपाध्याय, जिल्ला प्रशासन कार्यालय, रुकुम पश्चिमका खरिदार देवबहादुर ओली, जिल्ला प्रशासन कार्यालय कालिकोटका खरिदार लक्ष्मीप्रसाद पाण्डे र जिल्ला प्रशासन कार्यालय, सल्यानका कार्यालय सहयोगी निमलाल बुढाथोकी रहेका छन् ।
अलङ्कार विभूषण तर्फ विभूषित हुनेहरूमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा कार्यरत कर्मचारी, पत्रकारहरू रहेका छन् । अलङ्कार विभूषण तर्फको परम पौरख भास्करले कालीबक्स गण (ई), सुर्खेतका प्रमुख सेनानी चन्द्रशेखर काप्री (नं. ३३८३) विभुष्ति हुने भएका छन् । यसै गरी नेपाल प्रताप सुभूषणले सशस्त्र प्रहरी बल, नेपाल नं. ६, महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतका सशस्त्र प्रहरी नायव महारिक्षक अभिकुमार खत्री, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा यातायात व्यवस्थापन कार्यालय, सुर्खेतका प्रहरी उपरीक्षक भूवनेश्वर तिवारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतका प्रहरी निरीक्षक दीपेन्द्रकुमार खत्री विभूषित हुने भएका हुन् ।
यसै गरी नेपाल सेवा प्रवीणले नारायण नगरपालिका–९ दैलेखका पत्रकार अभिशेख सोनी, नेपाल प्रताप आभूषणले सशस्त्र प्रहरी बल, नेपाल, नं. ४५ गुल्म हेडक्वार्टर, मुगुका सशस्त्र प्रहरी नायव निरीक्षक पृथ्वीबहादुर मल्ल र नेपाल प्रताव भूषणले कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रहरी वरिष्ठ हवल्दार भेष बहादुर मगर विभूषित हुने छन् ।
पदक तर्फ विभूषित हुनेहरूमा राष्ट्रसेवा पदक प्रथम श्रेणीले सशस्त्र प्रहरी बल, नेपाल, नं. ४६ गुल्म हेडक्वार्टर, डोल्पाका सशस्त्र प्रहरी परिचर सेवकराम सौर्य र सशस्त्र प्रहरी बल, नेपाल, नं. ३३ गुल्म हेडक्वार्टर, जुम्लाका सशस्त्र प्रहरी परिचर भुनेश्वर मण्डल विभूषित हुने भएका छन् । सगरमाथा पदकले नन्दाबक्स गण, जुम्लाका सह सेनानी जितेन्द्र कार्की (नं. ७०६९) विभूषित हुदैछन् । यसै गरी सुकीर्ति पदकले सबुज गण, सिमखर्क व्यारेक, सल्यानका अमल्दार तिलकबहादुर देउजा (नं. २५९७७१), कालीबक्स गण (ई), सुर्खेतका प्युठ कल्पना परियार (नं. २६९१६४) र कालीबक्स गण (ई), सुर्खेतका सिपाही जयरानी थारु (नं. २९५२१२) विभूषित हुने भएका छन् ।
सामुदायिक विद्यालयमा शिक्षा अवस्थालाई सुढुत गर्ने अभियानमा सक्रियता जनाउँदै गर्दा राज्यले समेत मुल्यांकलन गर्छ भन्ने विश्वास पलाएको जन नमुना माध्यमिक विद्यालय, सुर्खेतका प्रधानाध्यापक याम बहादुर श्रेष्ठ बताउछन् । उनले भने, ‘सार्वजनिक शिक्षा तथा विद्यालयको स्तरोन्नतिका लागि गरेको काम तथा योगदानको राष्ट्रले मूल्याङ्कन गरेको पाए । यसले मलाई थप उत्प्रेरणा प्राप्त भएको छ ।’
विद्यालय परिवार, विद्यार्थी तथा समुदाय प्रति शिक्षाको सवालमा थप जिम्मेवार भएर काम गर्न तर्फ विभूषणले पुनर्नव दिएको उनले बताए । प्रधानाध्यापक श्रेष्ठ प्रबल जनसेवाश्री विभुषले विभूषित भएका छन् । संविधान दिवसका अवसरमा विभूषित भएको खबर प्राप्त गर्दा जिल्ला प्रशासन कार्यालयका कार्यरत प्रशासकीय अधिकृत पदमलाल लामिछाने आफूमा थप जिम्मेवारी आएको महसुस गरिरहेका छन् ।
विभूषणले आफूमा ऊर्जा थपेको जनाउँदै उनले भने, ‘लामो समयसम्मको राष्ट्र सेवाका समयमा प्राप्त विभुषणले खुसी तुल्याएको छ । साथै मेरा लागि यो थप उत्प्रेरणा बनेर आइदिएको महसुस गरेको छु ।’राष्ट्रको यो कदरलाई बचाई राख्न पनि आगामी दिनहरुकालागि थप उत्प्रेरणा बनेको उनले बताए । प्रशासकीय अधिकृत प्रबल जनसेवाश्री विभूषणले विभूषित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।