महानगरले दियो ४१ करदातालाई १० दिनभित्र कर तिर्न निर्देशन
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाले एकै पटक ४१ वटा ठूला करदातालाई सम्पत्ति र घर बहाल कर तिर्न निर्देशन दिँदै पत्र काटेको छ । बुधबार पत्र लेख्दै महानगरपालिकाले विभिन्न संघसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकायहरूलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घर बहाल कर तिर्न निर्देशन दिएको छ ।

रेडक्रस र स्काउटदेखि पेप्सी उत्पादक बरुण वेभरेज तथा रञ्जना ट्रेड सेन्टर, वर्ल्ड ट्रेड सेन्टर र सिटिसि मलसम्मलाई एकसाथ पत्र काटिएको हो । १० दिनभित्र करदाताले वडा कार्यालयमा पुगेर आफ्नो सम्पत्ति र घर बहाल कर नतिरेमा सरकारी बाँकी सरह असुल उपर गरिने सूचनामा उल्लेख छ ।

जय नेपाल हल, हात्तीसार, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्सोरेन्स, ग्लोबल ट्रेडिङ कन्सर्न, पूजा इन्टरप्राइजेज, ल्यान्डमार्क होटेल, ओ सान इन्टरनेसनल कलेज, वर्ल्ड ट्रेड सेन्टर, सिटिसि मल र एनआरटी क्लबलाई सम्पत्ति कर बुझाउन पत्र काटिएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए ।

त्यसै गरी बुद्धबारी कम्प्लेक्स, सिग्नेचर अपार्टमेन्ट, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल रेडक्रस सोसाइटी, ब्लु बर्ड इन्भेष्टमेन्ट, होटेल प्लाटिनियम, आदर कम्प्लेक्स, ब्याट्री कारखाना, सिद्धार्थ वनस्थली स्कुल र एड्भान्स अटोमोबाइललाई पनि महानगरले कर तिर्न बोलाएको छ ।





  • प्रकाशित मिति : असोज ५, २०७९ बुधबार १७:१३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया