लोकतन्त्रमा फेरि कालो बादल मडारियो : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रमा फेरि कालो बादल मडारिएको बताएका छन् । जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयको भवनको पुनःनिर्माणको भूमिपूजनमा पुगेका पूर्वराष्ट्रपति यादवले दुई–दुईपटक सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि लोकतन्त्रमा कालो बादल मडारिएको बताएका हुन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीको यस गैरजिम्मेवारपूर्ण कदमबाट देश फेरि प्रतिगमनतिर जान सक्ने भन्दै जनतालाई सचेत रहन आग्रहसमेत गरेका छन् । 

उनले संविधानलाई कसरी जोगाउने भन्ने जिम्मेवारी जनताकै काँधमा रहेको भन्दै संविधान जोगाउन सबै सचेत हुनुपर्ने बताए । संसद्बाट दुईपटक पारित भएर प्रमाणीकरणका लागि पठाइएको विधेयक पारित नगरेर राष्ट्रपतिले संविधानकै उल्लंघन गरेको यादवको जिकिर छ ।

उनले विभिन्न मुलुकका अभ्यास हेर्नुपर्ने, कानुनविद्, संविधानविद् तथा विद्वानहरूसँग छलफल गरेर अघि बढ्न सक्ने विकल्प हुँदाहुँदै पनि त्यसो नगरी संविधानमै नभएको बाटो राष्ट्रपतिले रोज्नु गलत भएको बताए ।

पूर्वराष्ट्रपति यादवले फेरि एकपटक संविधानको गम्भीर उल्लंघन भएकाले सबै नेपाली सजग नभए ढिलो हुने भन्दै भने, ‘सम्माननीय राष्ट्रपतिज्यूले एकपटक विधेयक फिर्ता गर्न सक्छ, दोस्रोपटक विभिन्न व्यक्तिसँग कानुनका जानकारसँग छलफल गरेर प्रमाणीकरण गर्नुपर्ने थियो, तर उहाँले यसो गर्नुभएन । यसले संविधानमा फेरि एकपटक कालो बादल मडारिएको छ ।’





  • प्रकाशित मिति : असोज ५, २०७९ बुधबार १७:५५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया