त्रिवि कर्मचारी संघ सुर्खेतमा शाही
फरकधार / ५ असोज, २०७९

त्रिभुवन विश्वविद्यालय (त्रिवि) कर्मचारी संघ, सुर्खेतको सभापतिमा धर्मराज शाही निर्वाचित भएका छन् । संघमा शाही सहित उनको प्रजातान्त्रिक समूह नै निर्वाचित भएको हो ।
 
संघको उपसभापतिमा चन्दा ढकाल, सचिव यामलाल गौतम, सहसचिव पुर्णबहादुर सुनार, कोषाधक्षमा दिनेश डाङी निर्वाचित भएका छन् । 



यसैगरी सदस्यहरुमा पूर्णप्रसाद लामिछाने, सिंहबहादुर खत्री, पट्टुलाल चौधरी, दलबहादुर माझी, तेजबहादुर थापा र वसन्ती सुनार निर्वाचित भएका हुन् ।

लोकतान्त्रिक समूहसँग प्रतिस्पर्धाका लागि जनक थापाको नेतृत्वमा प्रगतिशील समूहले आफ्ना उम्मेद्वार उठाएको थियो ।





  • प्रकाशित मिति : असोज ५, २०७९ बुधबार २०:२७:५९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया