महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक
फरकधार / ६ असोज, २०७९

बंगलादेशमा आउँदो १ अक्टोबरदेखि सुरु हुने महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।



प्रतियोगिताको पहिलो दिन आयोजक बंगलादेश र थाइल्यान्ड तथा भारत र श्रीलंका खेल्ने छन् । प्रतियोगितामा बंगलादेशसहित भारत, श्रीलंका, पाकिस्तान, यूएई, थाइल्यान्ड र मलेसिया सहभागी हुनेछन् ।

अक्टोबर १५ तारिखसम्म चल्ने प्रतियोगितामा २४ खेल हुनेछन् । प्रतियोगितामा हालसम्म भारतले सर्वाधिक ६ पटक उपाधि जितेको छ । 





  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार ६:३५:२०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया