प्रधानमन्त्री देउवाद्वारा समाजसेवी संग्रौलाको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समाजसेवी कृष्णप्रसाद संग्रौलाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीले शोक विज्ञप्ति जारी गरी कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. डिला संग्रौला ससुरा समाजसेवी एवं ज्योतिष कृष्णप्रसादको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

संग्रौलाको ३ असोजको राति ८ बजे आफ्नै निवास मोरङ विराटनगर महानगरपालिका–३ मा ९५ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले संग्रौलाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । 





  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार ६:४०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया