बाजागाजासहित मनाइयो सामाजिक सेवा दिवस [तस्बिरहरू]

समाज कल्याण परिषद्ले प्रभातफेरी कार्यक्रम गरेर सामाजिक सेवा दिवस मनाएको छ । बिहीबार परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा प्रभातफेरी गरेको हो । समाज कल्याण परिषद्ले आज ‘दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेशी समाज निर्माणमा संघ संस्थाको योगदान’ भन्ने मूल नाराका साथ ४३ औं सामाजिक सेवा दिवस मनाइरहेको छ । 

प्रभातफेरी कार्यक्रममा सम्बन्धित निकायका प्रमुख र समाज कल्याण परिषद्का सदस्यहरू सहभागी थिए । परिषद्ले विभिन्न ब्यान्ड बाजागाजासहित भृकुटीमण्डप–शहीदगेट–रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप पुगेर प्रभातफेरी कार्यक्रम समापन गरेको छ ।  

तस्बिरमा हेरौं, सामाजिक सेवा दिवस :

 



 



 

  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार १२:४८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया