कैलालीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

कैलालीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर ५ का शेरबहादुर नामजाली मगर हत्या आरोपमा पक्राउ परेका हुन् । घटना पछि फरार रहेका उनलाई गाउँबाट नै पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

उनले आज बिहान आफ्नी श्रीमती ललिता नामजाली मगरको हत्या गरेको र छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । लक्ष्मीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 





  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार १०:४०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया