प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रूपान्तरण ल्याउन सकिने बताएका छन् । बिहीबार काठमाडौं समाज कल्याण परिषद्ले ४३ औँ सामाजिक सेवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले नेपाल जस्तो विकासोन्मुख मुलुकमा सामाजिक सेवाको माध्यमबाट नै ठूलो रूपान्तरण ल्याउन सकिने बताए । उनले सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासमा मूल प्रवाही करण गर्नुका साथै उनीहरूको सामाजिक, आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान गर्न सामाजिक सेवा आवश्यक रहेको बताए ।
‘नेपाल जस्तो विकासोन्मुख मुलुकमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रूपान्तरण ल्याउन सकिन्छ । सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासमा मूल प्रवाही करण गर्नुका साथै उनीहरूको सामाजिक, आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान गर्न सकिनेछ,’ उनले भने, ‘यस कार्यक्रमले नयाँ पुस्तालाई समाजसेवामा आकर्षित गर्न प्रेरित गर्नेछ भन्ने आशा लिएको छु । आजको दिन हामी सबैले आफ्नो निजी स्वार्थ भन्दा माथि उठेर समाजको बृहत्तर हित, कल्याण एवं उत्थानका लागि निःस्वार्थ भावले अझ समर्पित रही काम गर्छु भन्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने दिन हो ।’
प्रधानमन्त्री देउवाले यस्ता समाजसेवा मुखी कार्यक्रमले नयाँ पुस्तालाई समाजसेवामा आकर्षित गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । उनले सबैले आफ्नो निजी स्वार्थ भन्दा माथि उठेर समाजको बृहत्तर हित, कल्याण एवं उत्थानका लागि निःस्वार्थ भावले समर्पित हुन आवश्यक रहेको बताए । उनले गैर सरकारी सङ्घसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी देशको नीति तथा कार्यक्रमहरू तर्जुमा गर्न आवश्यक रहेको बताए । उनले १५ औँ योजनामा उल्लेखित सामाजिक विकास सम्बन्धी उद्देश्य र दिगो विकास सम्बन्धी लक्ष्यहरू हासिल गर्नका लागि सरकार र गैर सरकारी क्षेत्रले एक आपसमा समन्वय सुरु गरी काम गर्न आवश्यक रहेको पनि उल्लेख गरे ।
‘नेपालको संविधानले सामुदायिक तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय गैर सरकारी गैर संस्थाको लगानी र भूमिकालाई जवाफदेही र पारदर्शी बनाउँदै यस्ता संस्थाहरूको स्थापना स्वीकृति, सञ्चालन, नियमन, व्यवस्थापनका लागि एक द्वार प्रणाली अपनाउने आवश्यकता र प्राथमिकताका क्षेत्रमा यस्ता संघ, संस्थाहरूलाई संलग्न गर्ने कुरा उल्लेख गरेको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘गैर सरकारी सङ्घसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी हामीले हाम्रा नीति तथा कार्यक्रमहरू तर्जुमा गर्न आवश्यक छ । १५ औँ योजनामा उल्लेखित सामाजिक विकास सम्बन्धी उद्देश्य र दिगो विकास सम्बन्धी लक्ष्यहरू हासिल गर्नका लागि सरकार र गैर सरकारी क्षेत्रले एक आपसमा समन्वय सुरु गरी काम गर्न आवश्यक छ ।’
प्रधानमन्त्री देउवाले गैर सरकारी संस्थाहरूले आफ्ना क्रियाकलाप सञ्चालन गर्दा जनसहभागिता, दीगोपना, मितव्ययिता, स्थानीय आधार मुखी श्रम सीप र प्रविधिको अत्यधिक उपयोगलाई प्रोत्साहन गर्न सके गैरसरकारी संस्थाको आवश्यकता र अपरिहार्यता बढ्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।