बस दुर्घटनामा घाइते भएका सञ्चारकर्मी मण्डलको निधन

सवारी दुर्घटनामा घाइते भएका रौतहटका सञ्चारकर्मी रवीन्द्र मण्डलको मृत्यु भएको छ । दुर्गाभगवती गाउँपालिका–३ निवासी सञ्चारकर्मी मण्डल काठमाडौंबाट गौर फर्किने क्रममा ३१ साउनमा दुर्घटनामा परेका थिए । 

माधवनारायण नगरपालिकाका कर्मचारीसमेत रहेका उनी नगरपालिकामा भारतीय दूतावासको सहयोगमा आएको एम्बुलेन्स बुझेर फर्किँदै थिए । 

काठमाडौंबाट गौरका लागि छुटेको माँ कल्याणी रात्रि बस दुर्घटना हुँदा घाइते भएका मण्डलको ढाडको शल्यक्रिया गरिएको थियो । दुर्घटनापछि उनी ओछयानबाट उठ्न नसक्ने अवस्थामा पुगेका थिए ।  

नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार सम्भव नभए पछि घर फर्किएका मण्डल तीन दिनदेखि गौर अस्पतालमा रहेका थिए । उनको बुधबार राति मृत्यु भएको हो ।  





  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार १३:५३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया