सेयर बजारमा ९.८३ अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.८३ अंकले घटेको छ । कारोबार सुरू भएको समयमा केही बढेर १८ सय ५५ अंकसम्म पुगेको नेप्से परिसूचक त्यसयता निरन्तर घटेर १८ सय ३८ अंकमा आएर रोकिएको हो ।

०.५३ प्रतिशतले परिसूचक घटेको दिन कारोबार रकम पनि घटेको छ । आज २५ लाख ४२ हजार कित्ता सेयर किनबेच भएर ६५ करोड ५७ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । जुन, हिजो बुधबारको तुलनामा ७ करोडले कम हो । हिजो नेप्से परिसूचक ११ अंकले बढेको दिन ७२ करोड रुपैयाँको कारोबार भएको थियो ।

आज कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये निर्जीवन बीमा कम्पनी समूहमा ५८ अंकको गिरावट आएको छ । यस्तै, लघुवित्त समूहमा ४३, जीवन बीमा समूहमा ४१, उत्पादनमूलक समूहमा ३२ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूह २७ अंकले घटेको छ ।

नेप्से परिसूचक ९ अंकले घटेपनि आज सामलिङ पावर कम्पनीको सेयर मूल्यमा ९.९८ प्रतिशतको सुधार आएको छ । प्रतिकित्ता ४८ रुपैयाँको वृद्धिसँगै कम्पनीको सेयर मूल्य ५३१ पुगेको छ । यस्तै, प्रभु बैंक डेबेञ्चर २०८४ र गरिमा डेबेञ्चर २०८५ को सेयर मूल्य समान ९ प्रतिशतभन्दा बढीले घटेको छ ।





  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार १५:३३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया