मकवानपुरमा बस दुर्घटना भएको छ । जिल्लाको भीमफेदी जुरिखेतमा बस दुर्घटना भएको हो । दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा केही घाइते भएको घटनास्थलबाट बिर्ख जोशीले जानकारी दिए । प्रहरी घटनास्थल पुगेर घाइतेहरूको उद्धारमा जुटेको छ । मृतकहरुको पहिचान खुल्न सकेको छैन ।
काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।