नागा चैतन्यसँग डिभोर्सपछि दोस्रो विवाहको तयारीमा सामन्था

दक्षिण भारतीय स्टार सामन्था रुथ प्रभु प्रायः सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहन्छिन् । 

हालै मात्र उनी एक गम्भीर रोगबाट पीडित भएको खबर बाहिर आएको थियो । अहिले भने उनी दोस्रो विवाह गर्ने चासोका कारण चर्चामा छिन् ।

अभिनेता पति नागा चैतन्यसँग अलग्गिएपछि उनले अब जीवनलाई अगाडि बढाउन दोस्रो विवाह गर्ने निचोडमा पुगेकी छन् ।

अभिनेत्रीकी गुरु सद्गुरु जगदीश वासुदेवले उनलाई दोस्रो विवाह गर्न सुझाब दिएका छन् । अभिनेत्रीले गुरुको सल्लाह पनि मानेकी छन् । 

सद्गुरुले आफ्नो अतीतलाई भुलाउन जिन्दगीमा अगाडि बढ्न सुझाब दिएका छन् । उनीनिकट साथीहरूले पनि सामन्थालाई दोस्रो जीवन पाउनका लागि विवाह गर्न सुझाब दिएका छन् ।





  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार १८:१७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया