बंगलादेशविरुद्वकाे मैत्रीपूर्ण खेलका लागि नेपाली टाेली घाेषणा

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टाेलीको घोषणा भएको छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले बिहीबार पत्रकार सम्मेलनमार्फत २३ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।

बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट हुमागाईंले अन्तिम टोली घोषणा गरेका हुन् । सुनिल बल र नवयुग श्रेष्ठ टाेलीबाट बाहिरिएका छन् ।

प्रशिक्षक हुमागाईंले सुनिल चोटका कारण र नवयुगमा केही कमीकमजोरी रहेको कारण टोलीमा नपरेको बताए । उनले यू-२० टोलीका कप्तान आयुष घलानलाई समेत टोलीमा राखेका छैनन् ।

ऋतिक खड्का र आशिष चौधरीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा अघिल्ला प्रशिक्षक अब्दुलाह अलमुलाइरीसँगकाे विवादका कारण  टाेलीबाट बाहिरिएका १० खेलाडीसहित १३ खेलाडीले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।

अलमुताइरीसँगको विवादले बन्द प्रशिक्षणबाट बाहिरिएका रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, विशाल श्रेष्ठ, विशाल राई, सुजल श्रेष्ठ, तेज तामाङ, विमल घर्ती मगर, अन्जन विष्टसहित उनीहरुलाई समर्थन गरेका तत्कालिन कप्तान किरण चेम्जाेङ टाेलीमा फर्किएका हुन् ।

यी खेलाडीसँगै टाेलीबाट बाहिरिएका सुमन लामा भने अस्ट्रेलिया पलायन भइसकेका छन् ।



गोलकिपर विकेश कुथु , डिफेण्डर रञ्जित धिमाल र मिडफिल्डर सुदीप गुरूङले पनि राष्ट्रिय टाेलीमा पुनरागमन गरेका छन् । गत जेठमा कुवेतमा भएको एएफसी एसियन कप छनोट खेलेको टिममा रहेका ८ खेलाडीले अहिले पनि निरन्तरता पाएका छन् ।

नेपालले ११ असोजमा दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्नेछ । टाेलीकाे कप्तान भने पछि तय गरिने प्रशिक्षक हुमागाईले बताएका छन् ।



नेपाली टाेली- 

गाेलकिपर:  किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की

डिफेन्डर: अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल

मिडफिल्डर: तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, सुरज ज्यु ठकुरी, सुजल श्रेष्ठ, सुदीप गुरुङ

फरवार्ड: विमल घर्ती मगर, ऋतिक खड्का, मनिष डाँगी, अन्जन विष्ट, आशिष चौधरी

  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार १८:३८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया