प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापालाई नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्तिको रुपमा स्मरण गरेका छन् ।
बिहीबार काठमाडौंमा भएको पूर्वप्रधानमन्त्री थापाको ‘मेरा नौ दशक, पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले स्व. थापाले आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सुसञ्चालन गर्न सफल भएको बताए । सूर्यबहादुर थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि गतिलो कृति बन्ने उनले विश्वास व्यक्त गरे ।
यो आत्मकथा आजका युवा पुस्ता र राजनीतिककर्मीका लागि यादगार कृति हुने उनले बताए । स्व. थापाले नेपाली राजनीतिमा स्मरणयोग्य काम गरेको प्रधानमन्त्री देउवाको भनाइ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।