नेसन्स लिगमा फ्रान्सको पहिलो जित

युइएफए नेसन्स लिगमा फ्रान्सले पहिलो जित दर्ता गरेको छ । उसले गएराति सम्पन्न लिग वानअन्तर्गत समूह ‘ए’को खेलमा अस्ट्रियाललाई २–१ ले हराउँदै पहिलो जित दर्ता गरेको हो ।

पार्क डी फ्रान्समा घरेलु टोलीलाई जित दिलाउन केलियन एम्बाप्पे र ओलिभर जिरुडले एक/एक गोल गरे । ५६ औं मिनेटमा एम्बाप्पेको गोलबाट फ्रान्सले अग्रता लिएको थियो । उनी जिरुडको पासमा गोल गर्न सफल भए ।

६५ औं मिनेटमा जिरुडले टोलीलाई २–० को जित दिलाए । उनले एन्टोइन ग्रिजम्यानको पासलाई सदुपयोग गरेका थिए । यो जितसँगै फ्रान्स पाँच खेलबाट पाँच अंक जोडेर तेस्रो स्थानमा उक्लिँदा पराजित अस्ट्रिया समान खेलबाट चार अंकका साथ पुछारमा छ । 

यही समूहको अर्को खेलमा क्रोएसियाले डेनमार्कलाई २–१ ले पराजित गरेको छ । क्रोएसियाको जित दिलाउन बोरना सोसा र लोभरको माजेरले एक–एक गोल गर्दा डेनमार्कका क्रिस्टियन एरिक्सनले एक गोल फर्काए ।

सोसाले ४९ तथा माजेरले ७९ औं  मिनेटमा गोल गर्दा एरिक्सनले ७७ औं मिनेटमा गोल फर्काएका थिए । यो जितसँगै क्रोएसिया पाँच खेलबाट १० अंकका साथ शीर्ष स्थानमा उक्लिँदा पराजित डेनमार्क समान खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।  





  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार ७:९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया