नेसन्स लिगमा नेदरल्याण्ड्सको अपराजित यात्रा कायमै

युइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा जित हात पार्दै नेदरल्याण्ड्सले अपराजित यात्रालाई कायम राखेको छ । उसले लिग वान अन्तर्गत समूह ‘डी’ को खेलमा घरेलु टोली पोल्याण्डलाई २–० ले हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको हो ।  

वार्सास्थित नेसनल स्टेडियममा नेदरल्याण्ड्सलाई जित दिलाउन कोडे गाक्पो र स्टेभन बर्गवाइनले एक/एक गोल गरे । खेलको १३ औं मिनेटमा गाक्पोको गोलबाट नेदरल्याण्ड्सले अग्रता लिएको थियो । उनले डेन्जेल डमफ्रेजको पासलाई सदुपयोग गरे । 

६० औं मिनेटमा वर्गवाइनले भिन्सेन्ट जान्सेनको पासमा गोल गर्दै पाहुना टोलीलाई २–० को जित दिलाए । यो जितसँगै पाँच  खेलमा १३ अंक जोडेको नेदरल्याण्ड्स शीर्ष स्थानमा कायम रहँदा पराजित पोल्याण्ड समान खेलबाट चार अंकका साथ तेस्रोमा छ । 

लिगअन्तर्गतकै अन्य खेलमा एन्डोरा, अजरबैजान, मोल्दोभा, काजकिस्तानले पनि जित हात पारेका छन् । 





  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार ७:३४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया