नेकपा बहुमतका नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का एकजना नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ परेका छन् । नेकपा (बहुमत) जाजरकोट जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य इन्द्रबहादुर शाही (नवीन) पाँच राउन्ड गोली भएको पेस्तोल र प्लास्टिक हेन्ड ग्रिनेडसहित पक्राउ परेका हुन् । 

जाजरकोटको नलगाड नगरपालिका–६ सिर्केबाट पक्राउ परेका शाहीको साथबाट २ एमएम नौ राउन्ड, मेड इन युएसए लेखेको पेस्तोल, एच.जी.लट ४ लेखिएको तयारी अवस्थामा रहेको प्लास्टिक हेन्ड ग्रिनेड बरामद भएको जाजरकोट प्रहरी प्रमुख डिएसपी सन्तोषकुमार निरौलाले जानकारी दिए ।

नेकपा (बहुमत) का जिल्ला इन्चार्ज धमिल र जिल्ला संयोजक महानले भने विज्ञप्ति प्रकाशित गरी योजनाबद्ध ढंगले हतियार भिराएर शाहीलाई गिरफ्तार गरिएको आरोप लगाएका छन् ।

पक्राउ परेका नेता सिंहलाई बिना सर्त रिहाइ गर्न नेकपा बहुमतले माग गरेको छ ।





  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार ७:४८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया