कैलालीको धनगढी उपमहानपालिकामा–१६ उल्टापानीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
धनगढीबाट घोराहीतर्फ गइरहेको ४३ वर्षीय हरिप्रसाद चौधरीले चलाएको से १ त ३५०३ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई नालामा पल्टिएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
चालकको घटनास्थलमै मृत्यु भएको र उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।