शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजको मूल्य बिहीबारको तुलनामा प्रतितोला एक हजार रुपैयाँ बढेको हो। बिहीबार पनि सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको थियो । शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।