डिजिटल रेमिट्यान्स सहज र छरितो बनाउन हाम्रोपात्रो रेमिट र कनेक्ट आइपिएसबीच सम्झौता

नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले कनेक्ट आइपिएस संग सम्झौता गरेको छ । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एप देश तथा विदेशमा निकै नै लोकप्रिय छ । 

हाम्रो पात्रो भित्र रहेको रेमिट्यान्स सर्भिसको माध्यमबाट हाल अमेरिकाबाट सजिलै नेपाल पैसा पठाउने सुबिधा रहेको छ। यस सेवालाई प्रभावकारी बनाउन हाम्रो पात्रोले कनेक्ट आइपिएससँग सम्झौता गरेको हो । जसअनुसार लाभार्थीको बैंक खातामा सिधै रकम जम्मा गरिन्छ भने यसले हाम्रो पात्रो रेमिटलाई सिधै बैंक खातामा आधारित रेमिट्यान्सको लागि सहज बनाउनेछ ।

हाम्रो पात्रो रेमिटको निमित्त सिइओ सुदिना गौतम र एनसीएचएलका सिइओ निलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे । सो अवसरमा हाम्रो पात्रो रेमिट सिइओ गौतमले प्रयोगकर्तालाई विश्वास र समर्थनको लागि धन्यवाद दिँदै रेमिट सेवालाई अझै बढी प्रभावकारी बनाउनेमा जोड दिइने बताइन् ।

तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुन्थ्यो भने अब कनेक्ट आइपिएसको माध्यमबाट लाभार्थीको बैंक खातामा केहि घण्टा भित्र रकम जम्मा भइसक्नेछ ।  

हाम्रो पात्रो रेमिट, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त रेमिटेन्स कम्पनी हो । यसले नयाँ प्रविधिहरू प्रयोग डिजिटल रेमिट्यान्सको माध्यमबाट नेपालमा अमेरिकाबाट पैसा भित्र्याइरहेको छ ।

छिट्टै नै अन्य देशमा पनि रेमिट्यान्स सुविधा सुरु गर्ने तयारी भइरहेको हाम्रापात्रोले जानएको छ । रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर सार्वजनिक गरेको छ । जसअनुरूप प्रयोगकर्ताले हाम्रोपात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रूपमा रेमिटेन्स नेपाल पठाउन सक्नेछन् ।



प्रयोगकर्ताले हाम्रोपात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रोपात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ । साथै, यहाँ क्लिक गरेर वेबसाइटबाट समेत हाम्रोपात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ।



  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार १३:०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया