नवौं राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशको महिला क्रिकेट टोली घोषणा

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटका लागि मधेस प्रदेशले टोली घोषणा गरेको छ। मधेस प्रदेशले कविता गौतमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

घोषित टोलीमा चार जना वैकल्पिक खेलाडी समेत रहेका छन् । योसँगै  मधेस प्रदेश नवौं राष्ट्रिय खेलकुदका लागि महिला क्रिकेट टोली घोषणा गर्ने पहिलो टोली बनेको छ ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद २८ असोज देखि ३ कात्तिकसम्म  हुनेछ । टोलीको प्रशिक्षकमा सुनिल शाह तथा व्यवस्थापकमा शोभाकान्त पाण्डे छन् ।

मधेसको टोली
कविता गौतम(कप्तान), अनुराधा चौधरी, सवनम खातुन, गोमा आले, साना प्रविन, एलिसा यादव (विकेटकिपर), सरस्वती चौधरी, प्रियंका गुप्ता, मधु राउत, शान्ति चौधरी, रोजी कदारी, मञ्जु राम, पुष्पा फुयाँल र सन्तोषी चौधरी 

वैकल्पिक खेलाडी
तुलसी विक, आरती चौधरी, एली यादव, मोनिका शाह





  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार १५:३७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया