अख्तियारले गर्‍यो मन्त्री सोडारीकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
फाइल तस्बिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारीकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। शुक्रबार मन्त्री सोडारीकी श्रीमती गीता सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले विज्ञप्ति मार्फत जनाएका छन् ।

‘भारतबाट एउटै तहका दुई ओटा माध्यमिक शिक्षा उत्तीर्ण सरहका (कक्षा १०) शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली बनाई ल्याई आफ्नो योग्यता ढाँटी झुट्टा प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा प्राप्त गरी आफूलाई फाइदा र नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याउने बदनियत राखी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएको, ’ विज्ञप्तिमा भनिएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षकको जागिर खाएको अभियोगमा आयोगले शुक्रबार गीताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । कैलालीको धनगढीस्थित शिव माविमा गीताले राहत शिक्षकका रूपमा काम गर्दै आएकी थिइन् । 

यस्तो छ अख्तियारको विज्ञप्ति

जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका वडा नं. ९, स्थित श्री शिव निम्न माध्यमिक विद्यालय (हाल मा.वि.) देवरिया कैलालीमा कार्यरत प्राथमिक तहका राहत शिक्षक गिता सोडारीको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गिता सोडारीले Board of Secondary Education, Delhi भारतबाट एउटै तहका दुई ओटा माध्यमिक शिक्षा उत्तीर्ण सरहका (कक्षा १०) शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली बनाई ल्याई आफ्नो योग्यता ढाँटी झुट्टा प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा प्राप्त गरी आफूलाई फाइदा र नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याउने बदनियत राखी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले  निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित झुट्टा प्रमाणपत्र पेस गरी भष्टाचारको कसुर गरेको देखिँदा निज शिक्षक गिता सोडारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद सजाय र जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 

प्रवक्ता
श्याम प्रसाद भण्डारी 





  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार १६:१५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया