पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चार हजार ६९ जनाको कोरोना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८३० जनाको पीसीआर परीक्षण गर्दा ५३ जना र २ हजार २३९ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा ८७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।