आमाको हत्या गरेर मदिरा सेवन गरेका अभिनेतलाई उम्रकैद

नेटफ्लिक्सको वेब सिरिज रिभरडेलका अभिनेता रयान ग्रान्थमलाई अदालतले आफ्नै आमाको हत्या गरेको भन्दै दोषी करार गरेको छ । उनलाई यो मुद्दामा उम्रकैदको सजाय सुनाइएको छ । 

२४ वर्षका क्यानेडेली अभिनेताले २०२० मा आमाको गोली हानी हत्या गरेका थिए । उनले आमाको हत्या गर्दा हजुरआमा पनि उनीसँगै थिइन् । 

रयानले अदालतमा आफूले आमाको हत्या गरेको स्वीकार गरेका थिए ।

रयानले आमाको हत्यापछि एउटा भिडियो पनि बनाएका थिए । उनले भिडियोमा नै आफूले आमालाई टाउको पछाडि गोली हानेको बताएका थिए । 

आमाको हत्यापछि आफूले निकै लामो समयसम्म मदिरा सेवन गरेर बसेको पनि रयानले बताएका थिए ।





  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार २०:२७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया