हेटौंडामा पौडी खेल्न गएका तीन बालकको मृत्यु

हेटौंडाको कर्रा खोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका तीन जना बालक मृत अवस्थामा भेटीएका छन् । पौडी खेल्ने क्रममा हेटौँडा– १५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही वडाका १२ वर्षीय कर्साङ जिम्बार र १३ वर्षीय सञ्जीव मोक्तान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पानीमा डुवेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी र सेनाको टोलीले फेला पारेको हो ।

हेटौंडा ५ र ७ को सिमाना न्युरेनी नगदह स्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा ३ जना बालक वेपत्ता भएका थिए ।

शुक्रबार अपरान्ह ५ः३० बजेको आसपासमा ४ जना बालकहरु पौडी खेल्न खोलामा प्रवेश गरेकोमा तीन जना बालक हराएको उद्धार गरिएको थियो । उनीहरु हेटौंडा १५ फारलाइनबाट पौडी खेल्न आएका थिए ।
 





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार ५:४९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया