अर्घाखाँचीमा श्रीमानले गरे श्रीमतीकाे हत्या

अर्घाखाँचीको शितगंगा नगरपालिकामा श्रीमान‍्को आक्रमणबाट श्रीमतीको मृत्यु भएकाे छ ।

जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ३ खस्रकामा आपसी विवाद हुँदा भएको झगडामा दिउँसो करीव ४ बजे श्रीमान‍्को आक्रमणबाट श्रीमतीको मृत्यु भएकाे हो ।

पारिवारीक विषयमा आपसी विवाद हुँदा ५३ वर्षीय पिताम्बर भुसालले लोहोराले हानेर श्रीमती ५० वर्षीया मनकला भुसालको हत्या गरी प्रहरीमा आफैँ समर्पण गरेको स्थानीयले जानाकारी दिएका छन् ।

घटनाको थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख होमनाथ रेग्मीले जानकारी दिए । 

रातीको ९ बजे (यो समाचार तयार पार्दा) सम्म मृतक मनकलाको माइती पक्ष नआएकोले शव उठाउन नसकिएको समेत रेग्मीले बताए । मृतक भुसालका दुई छोरा र एक छोरी रहेका छन् ।





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार ५:५२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया