कम्बोडियाको तटमा डुंगा पल्टिदा २० चिनियाँ बेपत्ता

कम्बोडियाको तटमा एउटा डुंगा पल्टिदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका छन् ।  ४१ जना चिनियाँ नागरिक बोकेको डुंगा बिहीबार सिहानोकभिलमा समस्यामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले बताएको समाचार संस्था एएफपीले जनाएको छ । 

डुंगामा सवार सवार १८ जनालाई मात्रै उद्धार गरिएको उनले जानकारी दिए । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

सिहानोकभिलको एक समय शान्त माछा मार्ने गाउँ हालैका दिनमा चिनियाँ लगानीमा दर्जनौं क्यासिनोहरू खुलेका छन् । तर त्यहाँ चिनियाँ कामदारहरूलाई अवैध रूपमा सहरमा काम गर्नको लागि तस्करी वा बेचबिखन गरिएको रिपोर्ट सार्वजनिक भएका छन् । 





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार ६:५५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया