इंग्ल्याण्डविरुद्ध इटालीको कठिन जित

युइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा घरेलु टोली इटालीले जित हात पारेको छ । उसले लिग ‘ए’अन्तर्गत समूह ‘थ्री’ को खेलमा इंग्ल्याण्डविरुद्ध १-० काे कठिन जित हात पारेकाे हाे ।

सान सिराेमा खेलकाे ६८ औं मिनेटमा गियाकाेमाे रास्पडाेरीले गएकाे एक मात्र गाेल पाहुना टाेलीलाई जित दिलाउन निर्णायक बन्याे । उनले लियोनार्डो बोनुचीकाे पासलाई सदुपयोग गरेका थिए ।

याेसँगै इंग्ल्याण्ड सन् १९९२ पछि पहिलाेपटक लगातार पाँच प्रतिस्पर्धात्मक खेलमा जित विहिन बनेकाे छ । याे जितसँगै पाँच खेलमा ८ अंक जाेडेकाे इटाली दोस्रो स्थानमा उक्लिँदा हारसँगै रेलिगेसनमा परेकाे इंग्ल्याण्ड समान खेलबाट दुई अंकका साथ पुछरमा छ ।

लिग अन्तर्गतकै अन्य खेलमा बाेस्निया एण्ड हर्जगाेभिना र बुल्गेरियाले पनि जित हात पारेका छन् । 





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार ७:२१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया