भूकम्पको १७ दिनपछि जीवितै उद्धार
तस्बिर : एपीबाट

चीनमा भूकम्प गएको १७ दिनपछि एक व्यक्तिको जीवितै उद्धार भएको छ । विनाशकारी भूकम्पपछि पहाडमा बेपत्ता भएका चिनियाँ कामदारको १७ दिनपछि उद्धार गरिएको हो । यस महिनाको सुरुमा दक्षिण पश्चिमी सिचुआन प्रान्तमा गएको ६ दशमलव ६ म्याग्नेच्युड को भूकम्पका कारण कम्तीमा ९३ जनाको मृत्यु भएको थियो भने र हजारौँलाई अस्थायी शिविरमा पुनर्वास गरिएको छ ।

सिचुआनको वान्डोङ जलविद्युत योजनामा कार्यरत ग्यान युलाई एक स्थानीय गाउँले जीवितै  फेला परेका थिए । सरकारी स्वामित्वको चाइना नेशनल रेडियो (सीएनआर) ले उद्धारलाई चमत्कार भनेको छ । गत सेप्टेम्बर ५ मा भूकम्प जाँदा गान आफ्ना सहकर्मी लुओ योङसँग ड्युटीमा थिए । उनीहरुले जलविद्युत योजनाबाट सुरक्षित क्षेत्रमा प्रयत्न गर्दै थिए । तर, टाढाको राम्रोसँग नदेख्ने गानले त्यही बेला चस्मा हराए र पहाडी भूभागमा बरालिए ।

ती दुई व्यक्तिले टाढाका उद्धारकर्ताहरूलाई मद्दतको लागि संकेत गरे । अन्ततः गानलाई छोडेर लुओ जाने निर्णय गरे । लुओले गानलाई र जंगलभित्रै ओछ्यान बनाएर केही जंगली फलको व्यवस्था गरेर छोडे । उद्धार कर्ताले गानलाई ११ सेप्टेम्बरमा उद्धार गरेका थिए ।





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार ७:३५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया