न्युरोड जाने चारपाङ्ग्रे सवारीलाई खुलामञ्चमा पार्किङको व्यवस्था
फाइल तस्बिर

आजदेखि फूलपातीसम्म न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण चारपाङ्ग्रे सवारी साधनहरूलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयले एक सूचना जारी गर्दै असोज ८ गतेदेखि फूलपातीसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्म ट्राफिक आइसलेण्ड राखिएको स्थानबाट डाइभर्सन गरी खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ ।

ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनामा भनिएको छ -‘न्युरोड क्षेत्रमा हुने सवारी चापलाई मध्यनजर गरी न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चारपाङ्ग्रे सवारी साधनहरूलाई मिति २०७९।०६।०८ गते देखि फूलपाती सम्म (बिहान १०:०० बजे देखि साँझ सवारी चाप सामान्य नहुन्जेल सम्म) ट्राफिक आइसलेण्ड राखिएको स्थानबाट डाइभर्सन गरी खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको हुँदा यो सूचना प्रकाशित गरिएको छ ।’   





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार ८:११:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया