गठबन्धनमा आबद्ध दलहरू बुढो भए, एस भन्ने पार्टी अर्को भदौ पुग्दैन : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आबद्ध दलहरू ‘बुढो’ भएको टिप्पणी गर्नु गरेका छन् । अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) को आयु तीतेपातीको झारसँग तुलना गर्दै आगामी मंसिर ४ गतेसम्म नटिक्ने दाबी समेत गरे । 

राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ गठबन्धनको आयु आगामी मंसिर ४ गतेसम्मका लागि राख्ने वा नराख्ने भन्ने कुरा आफ्नो पार्टीले लेखि दिनुपर्ने भन्दै व्यङ्ग्य समेत गरे । आ–आफ्नो आयु अनुसार  सत्तारुढ दलहरू बुढो भएको र उनीहरूको आयु लेखिदिने काम भने एमालेले गर्नुपर्ने उनको भनाई थियो । 

‘एस पार्टी भन्ने छ नि, आजकाल । पोहोर भदौमा जन्मियो । अहिले भदौमा बैँस आयो । अर्को भदौ पुग्दैन।  एस पार्टी तीतेपातीको झार जस्तै हो,’ कार्यक्रममा ओलीले भने, ‘गठबन्धनमा भएका पार्टीहरू जति जति उमेरका भएपनि आयु अनुसारको बुढा हुन् । बुढा पार्टीहरू । हाम्रो एमाले भनेको युवा पार्टी हो । एमाले युवा पार्टी हो ।’

ओलीले एमालेलाई भ्रष्ट भन्नेहरू आफैँ भ्रष्टाचारी भएको आरोप लगाए । उनले सत्तारुढ दलहरूले एमालेमाथि झुटो लाञ्छना लगाउने काम गरेको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । 





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार ८:५२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया