शेखर - गगन समूहको बानेश्वरमा ‘खबरदारी’ सभा
फरकधार / ८ असोज, २०७९

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले आज बानेश्वरमा ‘खबरदारी’ सभा आयोजना गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट वितरणमा संस्थापन समूहलाई दबाब दिन नेता शेखर र महामन्त्री गगन समूहले खबरदारी सभा आयोजना गरेको हो । सभा थापागाउँस्थित बानेश्वर बैंक्वेटमा भएको हो । 



सभापति देउवाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको सूची न्यायोचित नभएको भन्दै उनीहरूले असन्तुष्ट जनाउँदै आएका छन् । यही क्रममा दबाब दिने उद्देश्यले शनिबार भेला आयोजना गरेको स्रोतको भनाइ छ । 

शेखर–गगन समूहले ४० प्रतिशत टिकट आफ्नो पक्षका नेता–कार्यकर्ताले पाउनुपर्ने माग राख्दै आएको छ। 





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार १५:२७:२५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया