देउवाले पार्टी एकताभन्दा गठबन्धनलाई प्राथमिकता दिए : नेता केसी

कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकतामा राखेको आरोप लगाएका छन् । 

थापागाउँमा आयोजित कांग्रेस संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले आन्तरिक एकता बलियो भएको अवस्थामा कांग्रेसलाई अरु दलसँग गठबन्धन गरेर जानुपर्ने अवस्था नआउने दाबी गरे । 

समानुपातिकको सूची नसच्चिए विकल्प सोच्नुपर्ने अवस्था आउन सक्ने चेतवानी दिँदै उनले समाुनपातिकको सूची एकपक्षीय रहेकाले सच्याउन माग गरे । 

उनले भने, ‘१६ असोजसम्म नसच्याउने हो भने त्यसको विकल्पमा हामी अगाडि बढ्नुपर्ने परिस्थिति निर्माण हुनसक्छ।’ उनले समानुपातिकको बन्दसूची पेस गर्दा पार्टीको अर्को समूहलाई अन्याय गरिएको जिकिर गरे।  

प्रत्यक्षतर्फको टिकट वितरणमा पनि उही अवस्था आउनसक्ने सम्भावना देखिएको भन्दै उनले आफ्नो समूहले बाध्य भएर खबरदारीसभामा आयोजना गरेको बताए। 

उनले सभापति शेरबहादुर देउवाले महाधिवेशनलगत्तै आफू सिंगो कांग्रेसको सभापति बन्ने प्रण गरेकोमा व्यवहारमा त्यसको विपरीत देखिएको केसीको आरोप छ । 





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार १८:१९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया