सत्तारुढ गठबन्धनले चुनाव जिते मुलुक २० वर्ष पछि पर्छ : टोपबहादुर रायमाझी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरुसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्लाएक्लै भिड्ने हैसियतनै नभएको दाबी गरेका छन् । 

पूर्वउपप्रधानमन्त्री समेत रहेका सचिव रायमाझीले एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाहरुले काँग्रेससँग गठबन्धन गरेर आफ्नो अस्तित्व रक्षा गर्न खोजेको आरोप पनि लगाए । नेकपा (एमाले) अर्घाखाँची–काठमाडौं सम्पर्क मञ्चले शनिबार (आज) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग प्रतिस्पर्धा गर्न नसकिने निष्कर्षमा पुगेपछि सत्तारुढ दलहरु गठबन्धन गरेरै निर्वाचनमा जान बाध्य भएको दोहार्याए । 

सचिव रायमाझीले सत्तारुढ गठबन्धन देशी÷विदेशी प्रतिक्रियावादीहरुको इसारामा चलेकाले उनीहरुलाई नेपाली जनताले आगामी निर्वाचनमा परास्त गर्नुको विकल्प नभएको बताए । उनले भने, ‘यो गठबन्धन देशी, विदेशी प्रतिक्रियावादीहरुले बनाएका हुन् । यो उनीहरुकै इसारामा चल्छ ।’

केपी ओली नेतृत्वको सरकारले मुलुकको विकास र समृद्धिका लागि गरेको कामलाई नेपाली जनताले कहिल्यै नभुल्ने बताउँदै सचिव रायमाझीले सत्तारुढ गठबन्धनले चुनाव जिते मुलुक २० वर्ष पछि पर्ने बताए । त्यसैले एमालेको पक्षमा मतदान गर्न उनले सबैलाई आग्रह गरे । 





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार १८:४२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया