नेसन्स लिगमा स्पेन घरेलु मैदानमै पराजित

युइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा घरेलु टोली स्पेन पराजित भएको छ । ऊ लिग ‘ए’ अन्तर्गत समूह दुईको खेलमा स्विट्जरल्याण्डसँग २–१ ले पराजित भएको हो ।

स्टेडियो ला रोमरेडामा खेलको २१ औं  मिनेटममा म्यानुएल एकान्जीको गोलमार्फत स्विट्जरल्याण्डले सुरुवाती अग्रता लिएको थियो । ५५ औं मिनेटमा जोर्डी अल्बाले स्पेनलाई १–१ को बराबरीमा ल्याए ।

५८ औं मिनेटमा ब्रेल एम्बोलोले गोल गर्दै स्विट्जरल्याण्डलाई २–१ को रोमाञ्चक जित दिलाए । जितसँगै पाँच खेलमा ६ अंक जोडेको स्विट्जरल्याण्ड तेस्रो स्थानमा रहँदा पहिलो पराजय बेहोरेको स्पेन समाज खेलबाट ८ अंकका साथ दोस्रोमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा स्कटल्याण्ड र इजरायलले पनि जित हात पारेका छन् । 
 





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार ७:३८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया